बैशाख २३, २०८१, आइतबार
               

आन्तरिक विवाद मिलाउन आज पनि एमालेको कार्यदल बैठक बस्दै

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

काठमाडौं । हाल सत्ता चलाइरहेको नेकपा एमालेको आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे बस्ने माधव नेपाल समूहका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए ।

उनका अनुसार दुई शीर्ष नेताबीचको भेटमा भएको छलफल अनुसार आज कार्यदलले सहमतिको खाका तयार पार्ने छ । पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो ।

बुधबार बेलुकी सुरुमा दुवै तर्फका दुई–दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो । अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए ।  


कस्तो लाग्यो ?

यो पनि