बैशाख २३, २०८१, आइतबार
               

राष्ट्रियसभा बैठकमा सांसदहरुले मोबाइल चलाएपछि...

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

काठमाडौं । ‘माननीय सदस्यहरु कतिपय वक्ता माननीयज्यूहरुको अगाडिबाट ओहोरदोहोर भएको र बैठक कक्षमा मोबाइल फोनको समेत प्रयोग भएको सन्दर्भमा माननीय सदस्यहरुलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम २० र २१ मा रहेका नियमहरूको स्मरण गराउन चाहन्छु ।’ 

यो आग्रह हो, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई (बैठकमा) फोन नचलाउन सचेत गराएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई मोबाइल फोन नचलाउन र वक्ता सांसद बोलिरहेको बेला ओहोरदोहोर नगर्न पनि सचेत गराएका छन् ।

राष्ट्रियसभाको बैठक चलिरहँदा कतिपय सांसदको ध्यान मोबाइलमा केन्द्रित हुने गरेको छ । कतिपय सांसदले सभामा मोबाइल फोनबाट सेल्फी (फोटो) समेत खिच्ने गरेका छन् ।

बैठक चलिरहँदा बैठकमा ध्यान दिन र अनावश्यक रुपमा मोबाइल फोन प्रयोग नगर्न अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई सचेत गराएका हुन् ।

यो पनि