बैशाख २३, २०८१, आइतबार
               

कोटेश्वरबाट रावल फर्किएसँगै सिंहदरबारमा सुरु भयो कार्यदल बैठक

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

नेकपा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा  ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि सुरु भएको हो ।  

यसअघि बिहान १० बजेका लागि तय भएको बैठक एमाले नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेपछि पर धकेलिएको थियो । 

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भीम आचार्य लगायत  ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् । 

कार्यदलमा पार्टी मिलाउने प्रयासस्वरुप सोमबार र मंगलबार पनि छलफल भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि