बैशाख २३, २०८१, आइतबार
               

आज पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन, ७५ औँ वर्षमा प्रवेश

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

काठमाडौं । आज पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन छ । उनी आजबाट ७५ औँ वर्षमा प्रवेश गरेका छन् । पूर्वराजा शाहले यस वर्ष आफ्नो जन्मदिन उत्सवको रुपमा नमनाउने बताएका छन् ।

राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा यसअघि नै गरेका थिए ।

पूर्वराजा शाहले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ, परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ।’

विज्ञप्तिमा लेखिएको छ, ‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौँ ।’

ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए । उनी राजा महेन्द्रका माहिला छोरा हुन् । वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बनेका थिए । 

यो पनि