नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति नगरी स्थगित भएको छ। बैठक भोलि फेरि ८ बजे बस्ने गरी स्थगित भएको हाे ।
सिंहदरबारमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका सदस्य भीम रावलले जानकारी दिए।
सोमबारको बैठकमा विवादको विषयवस्तु उठान भएका, आज विषयमा छलफल गरिएको र भोलिको बैठकले अझ गहिराईमा गएर समीक्षा गर्ने पनि नेता रावलले बताए। त्यस्तै कार्यदलका अर्का सदस्य रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए । केही दिनमै ठोस परिणाम आउने उनको दाबी छ ।