बैशाख २१, २०८१, शुक्रबार
               

प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वस्त छु : प्रचण्ड

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेका बताएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न मंगलबार जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 

यसअघि पनि प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गराएको स्मरण गर्दै उनले भने, ‘पहिलोपटक पनि संसद विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गर्छ भन्ने हामीलाई विश्वास थियो, यस पटक पनि अदालतले पुनःस्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

सर्वोच्च अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने समेत प्रचण्डले विश्वाससमेत व्यक्त गरे । 

उनले प्रधानमन्त्री केपी ओलीले अदालतलाई अनावश्यक दबाब दिन खोजेको भन्दै यसबाट उनी निरंकुशतातर्फ थप अग्रसर हुँदैछ भन्ने प्रमाणित हुने जिकिर गरे । 

सो अवसरमा प्रचण्डले दिवंगत पार्टी केन्द्रीय सदस्य महादेव यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मानका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि