मंसिर ०७, २०८१, शुक्रबार
               

ओली पक्ष ‘जेठ २’ नमान्ने, नेपाल पक्ष ‘हस्ताक्षर फिर्ता’ नगर्ने

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलल शीर्ष नेता भेट गराउने संयुक्त वक्तव्य जारी गराउने प्रयास जारी राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराउने र एकताको सन्देश दिन वक्तव्य जारी गराउने प्रयास गरेका छन् । पछिल्लो प्रयास असफल हुँदै गर्दा पार्टीका दोस्रो तहका नेताहरूले प्रयास निरन्तर जारी राखेका हुन् । 

सोमबार पनि दुवैतर्फका दोस्रो तहका नेताले ओली–नेपाल भेट गराएर समझदारी जुटेका विषयमा संयुक्त वक्तव्य जारी गराउने प्रयास गरेका थिए । तर, नेपाल पक्षले असहमति जनाएपछि विवाद एकतातिर अगाडि बढेको सन्देश दिने कोसिस असफल भएको हो ।

मंगलबार दिउँसो एक बजे बस्ने बैठकमा हिजो भएको छलफललाई निरन्तरता दिइने नेताहरुले बताएका छन् । संयुक्त वक्तव्य जारी गराएर ओलीले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्ने आशंका गर्दै नेपालले ओलीसँग भेट गर्न र विज्ञप्ति निकाल्न अस्वीकार गर्दै आएका छन् । तर ओली पक्षका नेताहरु जसरी पनि मनाउने प्रयासमा छन् ।

ओली पक्षीय एक नेता भन्छन् –‘आज पनि (मंगलबार) शीर्ष नेताबीच भेट गराउने र एकै लाइनको भएपनि संयुक्त विज्ञप्ति  निकालेर पार्टी एकताको सन्देश दिने तयारी छ ।’

ओलीसँग संवादका लागि निरन्तर अरुचि राख्दै आएका नेपालमाथि उनी पक्षका दोस्रो तहका नेताहरूले निरन्तर दबाब दिँदै आएका छन् । आइतबार बिहान ओली निटक नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलले नेता नेपाललाई मनाउने प्रयास गरेका थिए । 

भेटमा नेपालनिकट नेताहरू घनश्याम भुसाल, भीम आचार्य र गोकर्ण विष्ट पनि सहभागी थिए ।

सोमबार पनि दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, भीम आचार्य, गोकर्ण विष्ट र घनश्याम भुसाल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, योगेश भट्टराईलगायतका नेताहरू विवाद समाधानको प्रयास खोज्न दिनभर सक्रिय रहे । सोमबार पनि प्रयास असफल भएकाले फेरि आज छलफलमा जुट्न लागेका हुन् ।

एमाले अध्यक्ष ओली समूहले भने सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध दर्ता गरिएको रिटमा हस्ताक्षर फिर्ता लिनुपर्ने माग गर्दै आएको छ । तर, माधव नेपाल पक्ष भने जेठ २ को सहमतिमा फर्किने भएपछि मात्रै एकता सम्भव रहेको बताउँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि