मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल पक्षलाई हस्ताक्षर फिर्ताका लागि दिइएको समयसीमा समाप्त, अब के हुन्छ ?

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

नेकपा एमालेका २३ जनालाई हस्ताक्षर फिर्ताका लागि दिइएकाे समय सीमा सकिएकाे छ। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अघिल्लो साता बसेको पार्टीको बैठकले माधवकुमार नेपाल सहित असन्तुष्ट नेताहरूले प्रमुख विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भावी सरकारको नेतृत्व गर्न दिएको समर्थन सोमबार साँझसम्म फिर्ता लिन समयसीमा दिएको थियो।

नेपाल समूहले पार्टी एकताका बारेमा सहमति नहुन्जेल हस्ताक्षर फिर्ता नहुने बताउँदै आएको छ। तर प्रधानमन्त्री ओली पक्षधर नेताहरूले नेता नेपाल पक्षले तत्कालै सो हस्ताक्षर फिर्ता लिनुपर्ने धारणा राखिरहेका छन्।

दुवै पक्षका नेताहरू औपचारिक अनौपचारिक छलफलहरूमा सक्रिय भइरहँदा सोमबार अपराह्नसम्म कुनै औपचारिक निष्कर्ष निस्कन नसकेको बताइन्छ।

आइतबार साँझमात्रै माधवकुमार नेपाल पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। आइतबार प्रधानमन्त्री ओली निकट नेताहरूले पूर्व प्रधानमन्त्री नेपाललाई भेटी पार्टी एकताको सन्देश दिन संयुक्त विज्ञप्ति निकाल्ने प्रस्ताव गरेका थिए।

नेपाल पक्षका एक जना नेताका अनुसार 'एक वाक्य' को त्यस्तो सार्वजनिक अपिल जारी गर्ने प्रस्तावको जवाफ दिदैँ नेपालले त्यसको मस्यौदा ल्याउन भनेका छन् । सोमबार अपराह्नसम्म मस्यौदा प्राप्त नभइसकेको ती नेताले जानकारी दिए। तर एमाले उपाध्यक्ष नेम्वाङ संयुक्त विज्ञप्ति पार्टीलाई एकताबद्ध बनाउने दिशामा 'एउटा सानो कदम मात्रै' भएको बताउँने बिबिसीले लेखेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि