मंसिर ०७, २०८१, शुक्रबार
               

ओली-नेपालबीच भेटवार्ता गराउन दोस्रो तहका नेताहरुको पहल जारी

नेपाल फ्ल्यास
असार २०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउन दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र नेता नेपाल दुवैको आ–आफ्नो अडान कायम रहँदा एमाले फुटतर्फ उन्मुख भएको अन्य नेता तथा कार्यकर्ताको बुझाइ छ । पार्टी फुट जोगाउन दोस्रो तहका नेताहरुले सम्वाद गराउन प्रयास गरेका छन् ।

आइतबार बिहान ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवास पुगेका थिए । उक्त भेटमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि उपस्थित थिए ।

नेता नेपाललाई भेटेर दोस्रो तहका नेताहरुले अध्यक्ष ओलीसँग भेटेर कुरा गर्न आग्रह गरेका छन् । नेपाल समूहका नेता भुसालले शनिबार पनि ओली र नेपालबीच टेलिफोन वार्ता गराएका थिए । तर, टेलिफोन संवादमा भने कुनै सहमति भएन ।


कस्तो लाग्यो ?

यो पनि