मंसिर ०७, २०८१, शुक्रबार
               

कार्यदलबाटै एकता टुंग्याउन नेपालको प्रस्ताव

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार बिहानदेखि ललितपुरस्थित होटेल समिटमा भएको एमालेका दोस्रो तहका नेताहरूबीच पार्टी एकताका लागि भएको छलफलमा सहमति नभएपछि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन संवाद भएको थियो । उक्त संवादका क्रममा नेता नेपालले बालुवाटारमा जारी बैठक रोक्न अध्यक्ष ओलीसँग आग्रह गरेका छन् । टेलिफोन कुराकानीमा नेता नेपालले आवश्यक सल्लाह र परामर्शविना राखिएको बैठक रोक्न सुझाव दिएका हुन् ।

संवादका क्रममा अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । तर नेता नेपालले अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राखेका छन् । शुक्रबारबाट शुरु भएकोको एमाले केन्द्रीय कमिटीको बैठकबाट अध्यक्ष ओलीले सोमबार बेलुकीसम्म हस्ताक्षर फिर्ता नभए एकता नहुने घोषणा गरेका थिए । तर नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको प्रतिक्रिया दिएका छन् ।

नेता नेपालले पार्टी एकता टुंग्याउन कार्यदल सक्रिय बनाउनुपर्ने प्रस्ताव समेत अध्यक्ष ओलीसँग राखेका छन् । अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन संवाद भएको केही समयमै बालुवाटारमा एमालेको बैठक सुरु भएको छ । फोन संवादमा पनि कुनै सहमति नजुटेपछि बालुवाटारमा बैठक सुरु भएको छ भने, नेपाल पक्ष बैठकमा सहभागी भएको छैन ।


कस्तो लाग्यो ?

यो पनि