जेठ ०५, २०८१, शनिबार
               

आज पनि एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि जारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । 

गएको फागुन २३ गते एमाले पुनःस्थापन भएपछि फागुन २८ गते दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाएर अघि बढेको एमालेले आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा नै रुपान्तरण गरेपछि केन्द्रीय कमिटीको बैठक बसेको हो ।

पार्टी एकताका लागि भन्दै संस्थापन पक्षले २०७५ जेठ २ कै संरचनाअनुसार केन्द्रीय कमिटीको १३ औँ बैठक आयोजना गरिएको भनिए पनि एमालेको असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ खनाल पक्षले बहिष्कार गरेको छ ।

आफ्नो समुहको मागअनुसार पार्टीलाई नवौँ महाधिवेशनको संरचनाबाट नलगेर फागुन २८ कै निर्णयलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको भन्दै नेपाल–खनाल पक्षले शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई अवैधानिक भन्दै अनुपस्थित भएको छ । 

संस्थापन पक्षले केन्द्रीय कमिटीमा रुपान्तरण गरेर बोलाएको बैठकको पहिलो दिन शुक्रबारको बैठकमा एमाले उपाध्यक्षको हैसियतमा नेता वामदेव गौतम पनि सहभागी भएका छन् ।

उनले आफू पार्टी एकताकै पक्षमा रहेको भन्दै एउटा पक्षलाई बाहिर राखेर पार्टी बलियो नहुने धारणा राखेका थिए । बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २३ जना पाटीका सांसदलाई सोमबार बेलुकी ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन संस्थापन पक्षले डेडलाइन नै तोकेको छ ।

तर, नेपाल(खनाल पक्षका सांसदहरूले अवैधानिक रुपमा बसेको बैठकले गरेको निर्देशनको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि