जेठ ०५, २०८१, शनिबार
               

पदबाट हटेपछि क्वार्टर छाडेका मन्त्रीले बाथरूमको ऐनासमेत घर लगे

नेपाल फ्ल्यास
असार १८, २०७८

ADVERTISEMENT

काठमाडौं । जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेका नेता तथा कार्यकर्ताहरू सरकारी सुविधाको कुन हदसम्म दुरुपयोग गर्दा रहेछन् भन्ने उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ ।

पदबाट हटेपछि सरकारी सुविधा फिर्ता दिनुपर्नेमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सरकारी निवासका सामान मात्रै होइन बाथरुमको ऐनासमेत घर लगेको पाइएको छ।

जेठ १४ गते राजीनामा दिएका सुवेदीले क्वार्टरबाट बाहिरिँदा फर्निचरलगायत सम्पूर्ण सामान लिएर गएको मन्त्रालय स्रोतले बताएको छ । पूर्वमन्त्री सुवेदीले सरकारी निवासबाट म्याट्रेस, तन्ना, सोफा, कुर्सी, टेबल, रेफ्रिजेरेटर, टेलिभिजन, गलैँचा, सिरक र भान्सामा रहेका भाँडाकुँडासमेत उठाएर लगेको स्रोतले बताएको छ ।

‘आफ्नै कोठा सरे जसरी क्वार्टरमा केही बाँकि नराखेर सबै लानुभएछ’, स्रोतले भन्यो, ‘अहिले हामीलाई नयाँ सामान जोरजाम गर्न समस्या भइरहेको छ ।’यसअघि उनलाई  औषधि खरिदमा तीन करोड खान मिलोमतो गरेको भन्ने आरोप लागेको थियो  ।

यो पनि