संवैधानिक इजलासमा आज पनि बहस सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले भर्खर बहस सुरु गरेका छन् । प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय एकघण्टा ३० मिनेट बाँकी छ ।
वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् । यस्तै, अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्तिदेवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईंटेल र लोकनाथ खरेलले बहस गर्दैछन् ।
उनीहरु सबैलाई ७ मिनेटको दरले सयम छुट्याइएको छ ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेञ्चमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।