जेठ ०५, २०८१, शनिबार
               

ओलीले बोलाएको बैठक अवैध ठहर गर्दै माधव समूह सहभागी नहुने

नेपाल फ्ल्यास
असार १७, २०७८

ADVERTISEMENT

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेवाल र झलनाथ खनाल समूह नजाने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको हाे । 

बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।

सोही विषयमा छलफल गर्न बिहीबार माधव नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको बताइएकाे छ । 

नेपाल पक्षको स्थायी कमिटी बैठकले सहमतिबिना बोलाइएको बैठकमा जानु कुनै औचित्य नभएको निश्कर्ष बैठकमा निस्किएको उपाध्यक्ष उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । अवैधानिक कमिटीले बैठक बोलाउनु आफैंमा अवैधानिक काम भएकाेले यस्ता बैठकमा सहभागी नहुने निर्णय भएकाे उनले बताए । 

पार्टीलाई जेठ २ को संरचनामा फर्काउनका लागि दुवै पक्षका बीचमा वार्ता र छलफल भएर सहमति हुनुपर्ने भन्दै उनले बैठक भन्दा पहिला एजेण्डामा सहमति हुनुपर्ने उनकाे भनाइ छ । 

ओली पक्षले बुधबार आफूले गठन गरेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपन्तारण गरेको थियो। त्यसँगै यसअघि ओलीले हटाएका नेपाल खेमाका नेताहरुको पार्टी पधादाधिकारीको जिम्मेवारी यथावत रहेको निष्कर्ष पनि बालुवाटारको बैठकले निकालेको थियो । 


कस्तो लाग्यो ?

यो पनि