बैशाख १९, २०८१, बुधबार
               

प्रधानमन्त्रीका कारण राष्ट्रिय संकट आइपर्‍यो : दीनानाथ शर्मा

नेपाल फ्ल्यास
असार १७, २०७८

ADVERTISEMENT

राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठान्दा मुलुकमा राष्ट्रिय संकट आइपरेको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत बुझाइको कारण देश भड्कालोमा गएको बताएका हुन् ।  'प्रधानमन्त्रीको प्रतिगमनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कालो बादल मडारिरहेको छ । प्रतिगमनकै कारण ठूलो संकट आइपरिरहेको छ,' राष्ट्रियसभाको बैठकमा भाग लिँदै उनले भने ।

प्रधानमन्त्री ओलीको शासनमा अधिनायकवाद हाबी भएको भन्दै उनले थपे 'राष्ट्रमाथि आएको संकटमा प्रधानमन्त्री दोषी हुनुहुन्छ। हामीले सबैसँगको सहमतिमा अगाडि जानुपर्ने होइन। आफ्ना गुटका मान्छेहरु २/४ जनलाई साथमा लिएर चल्ने परम्पराले लोकतन्त्रलाई छेद विच्छेद बनायो । एमाले एक ठाउँमा आउनका लागि प्रधानमन्त्रीले संस्द विघटन गलत भएको भन्दै आत्मालोचना गरेर अघि बढ्नुपर्ने देखिन्छ । उहाँले दम्भ कामय राखिरहे एमाले मात्रै होइन वामपन्थी आन्दोलन पनि समाप्त हुन्छ ।'

प्रधानमन्त्रीको दम्भका कारण ठूलो कम्युनिस्ट पार्टी नेकपा विभाजनमा पुगेको भन्दै उनले अहिले वामपन्थी आन्दोलनको रक्षाका निम्ति एमाले जोगाउन आग्रह गरेका छन् । आफू ओलीको अभिभावक भएकोले ओलीलाई सुझाव दिएको उनकाे भनाइ थियो ।  


कस्तो लाग्यो ?

यो पनि