जेठ ०५, २०८१, शनिबार
               

माधव पक्षको बैठकमा झलनाथ खनालको भिडियोमार्फत सहभागिता

नेपाल फ्ल्यास
असार १७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकमा दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । काठमाडौंको बुद्धनगरस्थित एक वैंकेटमा जारी बैठकमा नेता खनाल दिल्लीबाट भिडियोमार्फत जोडिएको नेताहरुले बताएका छन् । खनालबाहेकका नेताहरु भने भौतिक रुपमै बैठकमा सहभागी छन् ।

अध्यक्ष केपी ओलीले बुधबार जेठ २ को पार्टी संरचनामा फर्काउने गरी एमाले बैठक शुक्रबारलाई बोलाए पनि माधव पक्षले ओलीले पुनः जालझेल गरेको दाबी गर्दै शुक्रबारको बैठकमा जाने या नजाने भन्ने निर्णय गर्न बैठक बोलाएको हो । यद्यपी नेताहरुले उक्त बैठकमा सहभागी नहुने बताइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि