मंसिर ०७, २०८१, शुक्रबार
               

ओली–नेपाल पक्षबीच एकता जोगाउने प्रयास, माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
असार १७, २०७८

ADVERTISEMENT

काठमाडाैं । नेकपा एमालेका केपी शर्मा ओली तथा माधव कुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच पुन: वार्ता भएको छ । बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।

बिहीबार बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका उनीहरुमध्ये एकले भने- ‘आज बिहान एक चरणको वार्ता सकिएको छ । फेरि अपरान्ह बस्ने समझदारी भएको छ’, माधव नेपाल पक्षका एक नेताले भने, ‘एकताका लागि आज लगभग अन्तिम प्रयास हुनेछ ।’

एमाले विवाद समाधानका लागि अध्यक्ष केपी ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेता र माधव समूहका भीम आचार्य, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु सक्रिय छन् ।

तर, केपी शर्मा ओली पक्षले जेठ २ मा फर्कने भने पनि सहमतिबिनै केही नेताहरुलाई स्थायी समितिमा मनोनयन गरेपछि ओली फागुन २८ भन्दा अघि फर्कन नचाहेको माधव पक्षको बुझाइ छ ।

अध्यक्ष ओली फागुन २८ बाट पछि नहटेपछि जेठ २ को पार्टी संरचना अनुसार शुक्रबार बोलाएको भनिएको बैठकमा माधव समूह नजाने बताइसकेको छ । यद्यपी ओली पक्ष भने आउने जतिलाई समेटेर अघि बढ्ने रणनीतिमा छ ।

 


कस्तो लाग्यो ?

यो पनि