जेठ ०६, २०८१, आइतबार
               

आज एमाले महाविधेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बस्दै

नेपाल फ्ल्यास
असार १६, २०७८

ADVERTISEMENT

काठमाडौं । आज सत्तारुढ दल नेकपा एमाले दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । 

मंगलबार (हिजो) साँझ बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ । त्यहि अनुसार निर्णय गर्न अन्तिम पटक महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने एमाले स्रोतले जनाएको छ । 

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसपछि आगामी असार १८ गते केन्द्रीय कमिटी बैठक बस्ने उनको भनाइ छ ।

आज बस्ने महाधिवेशन आयोजक कमिटी बैठकले सामान्य छलफल गर्नेछ । त्यसपछि महाधिवेशन आयोजक कमिटी विघटन भएको घोषणा गरिने छ । 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्ने माग गर्दै आएको छ । यसअघि नेपाल पक्षका काम प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गर्दै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि