बैशाख २७, २०८१, बिहीबार
               

मंगलबार स्थगित भएको प्रदेश २ को अर्को बैठक असार २३ गते बस्दै

नेपाल फ्ल्यास
असार १६, २०७८

ADVERTISEMENT

धनुषा । प्रदेश २ को मंगलबार बोलाइएको प्रदेशसभा बैठक बस्नै नपाई स्थेगत भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगन भएको हो ।

यही असार १ गते प्रदेशसभामा प्रस्तुत आगामी आव २०७८–७९ को बजेटमाथि छलफल गर्ने गरी आजको बैठक आह्वान गरिए पनि बस्दै नबसी स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाको अर्को बैठक असार २३ गते बस्ने छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले असार १ गते प्रस्तुत गरेको बजेट प्रस्तुतिपछि त्यही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगन गरिएको थियो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सदस्यले संसदीय विकास कोषको रकम वृद्धि हुनु पर्ने माग राख्दै असार १ गते बैठक अवरुद्ध गरेपछि मंगलबारको लागि बैठक आह्वान गरिएको थियो ।

संसदीय विकास कोषको रकम वृद्धिबारे प्रदेश सरकारले छलफल नगरेपछि बैठक पुनः अवरुद्ध हुने आशंकामा प्रदेशसभा बैठक सारिएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि