जेठ ०६, २०८१, आइतबार
               

पार्टीलाई २०७५ जेठ २ को स्थितिमा फर्काउने एमालेको औपचारिक निर्णय

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने  नेकपा एमालले औपचारिक निर्णय गरेको छ। 

मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहीबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टी नेकपा एमालेले जनाएकाे छ । 

नेकपाको एकता भंग भएपछि २०७५ जेठ २ गतेको संरचनामा फर्किएपछि एमाले २४१ केन्द्रीय सदस्य छन्। एकता भंग भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेताहरूलाई समेत समेटेर केन्द्रीय कमिटी विस्तार गरेर महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेका थिए ।

तर, सर्वोच्च अदालतले समेत दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेको थियो। पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै ओली २०७५ जेठ २ को अवस्था फर्किन तयार भएका हुन्।


कस्तो लाग्यो ?

यो पनि