जेठ ०६, २०८१, आइतबार
               

टिकटकमा भाइरल भएपछि घरमा पालिएको सिंह जफत

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

नोमपेन्ह । कम्बोडियामा घरमा पालिएको एउटा सिंह जफत गरिएको छ । कम्बोडियाली सरकारी निकायले अवैधरूपमा घरमा पालिएको एउटा सिंह जफत गरेको छ । त्यो सिंहलाई नुहाइदिएको र सुम्सुम्याएर माया गरिएका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय प्रशासनले यस सम्बन्धमा अनुसन्धान गरेको हो ।

सरकारी अधिकारीहरूले एकजना चिनियाँ नागरिकले त्यो सिंह आयात गरेको र राजधानी नोमपेन्हस्थित एउटा घरमा पाल्दै गरेको बताएका छन् । ७० किलो ग्राम वजनको सिंहको टिकटक फुटेज सार्वजनिक भएपछि गत अप्रिलमा सरकारी अधिकारीहरूले यस सम्बन्धमा छानबिन थालेका थिए ।१८ महिने सिंहलाई वन्यजन्तु उद्धार केन्द्रमा पठाइएको छ । तर, स्थानीय प्रशासनले सो सिंहका मालिकलाई के–कति कारबाही हुन्छ भन्ने खुलाएको छैन ।

वातावरण मन्त्रालयका प्रवक्ता नेथ फिकट्राले कुनै पनि नागरिकसँग वन्यजन्तु घरमा पाल्ने अधिकार नरहेको बताएका छन् ।जनावर उद्धारसम्बन्धी गैरसरकारी संस्था वाइल्डलाइफ एलायन्सले पनि आफ्नो फेसबुकमार्फत कुनै पनि वन्यजन्तुलाई घरमा पाल्नसक्ने वातावरण कहिल्यै नहुने दाबी गरेको छ । यस सिंहको नंग्रा र दाँत निकालिएको बुझिएको छ ।


कस्तो लाग्यो ?

यो पनि