जेठ ०७, २०८१, सोमबार
               

कम्युनिष्ट नेतृत्वबाटै संविधानमाथि प्रहार भइरहेको छ : माधव नेपाल

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले सरकार जनविश्वासको जगमा देशको संविधान अनुसार र पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी सञ्चालन नभएको बताएका छन् । 

उनले तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा उनले एक वक्तव्य जारी गर्दै राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको बताए ।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्बन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ नेता नेपालले भने ।

नेता नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि