नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।
पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रम र दशौं महाधिवेशनअघि विधान महाधिवेशन गर्ने विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।
स्थायी कमिटीमा पार्टीको कार्यदिशा, विधान र विचारमाथि छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले जनाएका छन् ।
एमालेको दशौं महाधिवेशन मंसिरमा हुने भनिएको छ । मंसिरमा प्रतिनिधिसभा निर्वाचन हुने अवस्थामा त्यसअघि विधान महाधिवेशन गर्ने तयारी छ ।