नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले आफूहरू अलग पार्टीका रुपमा नरहेको बताउँदै नेकपा एमालेकै विद्रोही पक्ष रहेको बताएका छन्
'राष्ट्रियताका पक्षमा उभिएका दलहरु मध्ये हामी एमालेको विद्रोही पक्षका रुपमा छौं। हामी लडाइ केपी ओली प्रवृत्ति विरुद्धको लडाइ हो। केपी ओलीजीमा शक्ति र पैसाको मात लागेको छ,' नेता नेपालले पत्रकारहरूसँगको अन्तर्क्रियामा भने।
'केपी ओलीले मलाई र कमरेड प्रचण्डलाई जुधाउनका लागि अनेक जालझेल गर्नुभो,' नेता नेपालले भने, 'हामी लोकतन्त्रका पक्षमा उभिनुपर्छ भन्ने मान्यतामा उभिएका छौं। केपी ओलीले कोर्स करेक्सन गर्नुपर्छ।'
'वाल्मिकीबारे तपाईँलाई थाहा छ,' नेता नेपालले भने, 'अझै पनि केही साथीलाई लागेको छ कि बालुवा पेलेर तेल निस्कन्छ कि भन्ने लागेको छ । तर, धेरै पटकको धोकाले हैरान भएका छौं। पहिला नेकपाभित्र त्यसपछि हामी र अहिले केपी ओलीबाट हामी हैरान भएका छौं।'