बैशाख १७, २०८१, सोमबार
               

संसद् विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै, राष्ट्रपतिको भूमिकामाथि वकिलहरुको प्रश्न

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस हुनेछ ।

नेपाली कांंग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिट निवेदनमा आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ लगागतले बहस गर्नुहुनेछ । यसअघि, देउवाको पक्षमा ५ जना वकिलहरुले बहस गरेका थिए ।

हिजो बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले कुन सांसदले प्रधानमन्त्रीको विश्वासको प्रस्तावमा भोट हाल्न पाउने र कसले नपाउने भनेर छुट्याउने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गरेका थिए ।

अर्का अधिवक्ता खम्बबहादुर खातीले प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवाको दाबी पुग्ने भए पनि दुरासय मनसायका साथ प्रतिनिधिसभा विघटन गरिएको तर्क गरे ।

यसैगरी, वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप लगाए । उनले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई कहाँ छ भन्ने प्रश्न गरे ।


कस्तो लाग्यो ?

यो पनि