बैशाख १९, २०८१, बुधबार
               

देश गम्भीर संकटतर्फ गइरहेकाे हुँदा संयुक्त पाइला चाल्नैपर्ने स्थिति आयो : विपक्षी गठबन्धन

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको विपक्षी गठबन्धनले आरोप  लगाएकाे छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त वक्तव्यमा राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था र स्थापित मान्यता विपरीत अभ्यास गरिएको भन्दै आपत्ति जनाइएको छ ।

प्रतिनिधिसभाको २ पटक विघटन ,अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंगलगायत राज्यका निकायहरूको दुरुपयोग, राजनीतिक दलहरूमा विभाजन, भ्रष्टाचार, परराष्ट्रसम्बन्ध र कुटनीतिमा विचलन तथा कोरोना संक्रमणबाट जनतालाई सुरक्षा दिन नसकेकाे ग७बन्धनले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि