मंसिर ०७, २०८१, शुक्रबार
               

एमालेभित्र पार्टी एकताको छलफल चलिरहँदा माओवादी बैठकमा चर्चा

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

नेकपा एमालेभित्रको विवाद समाधानको विषयमा पार्टीका दुवै पक्षबिचमा छलफल सुरु भएपछि नेकपा माओवादीको बैठकमा यसबारेमा चर्चा भएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ थाल्नुअघि नेकपा एमालेभित्र संवाद अघि बढेपछि माओवादी केन्द्रको केन्द्रीय कमिटीको आकस्मिक बैठकमा चर्चा भएको हो । 

भर्चुअल माध्यबाट भएको उक्त बैठकमा एमाले मिलेको खण्डमा सरकार पनि उसैले निरन्तर चलाउने विश्लेषण गरिएको छ। एमालेका माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षरका आधारमा नै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दाबीसहित रिट निवेदन सर्वोच्चमा हालिएको छ । संवैधानिक इजलासले उक्त विषयमा ९ असारबाट सुनुवाइ अघि बढाउने भएको छ ।

यसबीचमा एमालेमा सहमति भई नेपाल पक्ष प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग मिलेको खण्डमा सांसदको हस्ताक्षर फिर्ता हुनेछ । यदि यस बिचमा एमालेमा असन्तुष्ट माधव कुमार नेपाल पक्ष प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग मिल्न गएमा विपक्षी गठबन्धन कमजोर हुने माओवादी बैठकमा चर्चा चलेको नेताहरूले बताए ।

भर्चुअल माध्यबाट भएको उक्त बैठकमा एमाले मिलेको खण्डमा सरकार पनि उसैले निरन्तर चलाउने विश्लेषण गरिएको छ ।

‘जनता समाजवादी पार्टी (जसपा) पनि विभाजनको लयमा रहेका कारण विपक्षी गठबन्धन भनिएको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल पक्ष र उपेन्द्र यादव पक्षको सहकार्य के होला ?  र यस्तो अवस्थामा एमालेले जसपाको ठाकुर पक्षको साथ लिएर सरकार चलाउन सक्ने विषयमा चर्चा भयो ’ जुम बैठकमा सहभागी एक नेताले भने । पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका ओलीसँग विद्रोह गरेका नेपाललाई मिल्न दिनु नहुने भन्दै प्रचण्डले धारणा राखेका बताइएको छ ।

बैठकमा माओवादी केन्द्रले कारबाही गरेका रामबहादुर थापा बादलसहितका अन्य नेताका सन्दर्भमा पनि चर्चा भएको थियो । ‘एमाले मिल्दा माओवादी चोइटियो भन्ने सन्देश स्पष्ट छ। एमालेले ती नेतालाई समेट्ने गरी केही निर्णय गर्न सक्छ, त्यस बेला माओवादी कमजोर भएको स्पष्ट सन्देश जान्छ भन्ने विषय उठ्यो’, एक नेताले भने । बैठकमा निर्वाचन आयोगलाई कारबाहीको जानकारी गराउँदा पनि प्रक्रिया अघि नबढेको विषयमा समेत चर्चामा भएको नेताहरूले बताए । यस्तै, बैठकले स्थानीय तहका १८ सहित केन्द्रीय नेताहरुलाई पार्टी छोडेको भन्दै कारवाही गरेको छ । बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि गरेको छ । भर्चुअल विधिमा भएको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाडेकाले उनीहरुलाई कारवाही गरेको छ । स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै कारवाही गरेको हो । 

पछिल्लो समय एमालेको विवाद मिलाउने जिम्मा दोस्रो पुस्ताका दुई नेताले पाएका छन् । केही दिनयता केपी ओली पक्षबाट विष्णु पौडेल र माधव नेपाल पक्षबाट घनश्याम भुसाल लगायत हरेक दिनजसो वार्तामा छन् । दोस्रो तहका नेताहरूको सक्रियताबाट ओली २ जेठ २०७५ को स्थायी कमिटी बैठक बोलाउने विषयमा करिब सहमत भएका बताइन्छ । एमाले भित्रको विवाद करिब सहमति नजिक देखिएपछि माओवादी केन्द्रको बैठकमा यसबारे चर्चा भएको हो ।

यसअघि, एमालेमा ओली र नेपाल पक्षबिचको विवाद मिलाउन सुरुमा कार्यदल गठन गरिएको थियो । तर, त्यसले राम्ररी काम गर्न नसकेपछि दोस्रो पुस्ताका नेताहरूले समूहगत र एक्ला एक्लै छलफल गर्दै आएका छन् । तर, अहिले भने विवाद समाधानको छलफल दुई नेतामा मात्र सीमित भएको छ ।


कस्तो लाग्यो ?

यो पनि