गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत पाएका छन् । शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था भए अनुसार पोखरेलले आज विश्वासको मत लिएका हुन् ।
उनले मुख्यमन्त्रीको रुपमा ३१ जना प्रदेश सभा संसदहरूले विश्वासको मत दिएका हुन् । आजकाे प्रदेशसभामा ५८ संसद उपस्थित रहेकोमा
यता मुख्यमन्त्रीप्रति विश्वास छैन् भन्नेमा २७ मत खसेको थियो।
मुख्यमन्त्री नेपालीले आज प्रदेश सभाबाट विश्वासको मत पाएसँगै उनी बाकीँ कार्यकालका लागि सुरक्षित भएका छन्। गत २९ जेठमा तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सक्तच्युत भएपछि पोखरेल मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमो र स्वतन्त्र संसद राजिव गुरुङको सार्थन छ।