मंसिर ०७, २०८१, शुक्रबार
               

बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न र लत्ताकपडाको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न सम्बद्ध निकालाई निर्देशन दिएका छन् ।

वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न उनले निर्देशन दिएका हुन् ।

ओलीले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्रीले उद्धार र राहत कार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिएका छन् ।

यसैगरी, उनले तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सिमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न तथा पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्न निर्देशन दिए ।


कस्तो लाग्यो ?

यो पनि