बैशाख १३, २०८१, बिहीबार
               

गृह मन्त्रालयबाट मलाई २ रुपैयाँ कमाउनु छैन : गृहमन्त्री अधिकारी

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले आफू पूर्णरुपमा पारदर्शी भएर काम गर्ने बताएका छन् । गृहमन्त्रीका रुपमा आफूले दुई रुपैयाँ पनि नकमाउने उनले बताए ।

मंगलबार गृह मन्त्रालयमा पत्रकारहरुसँग छलफल गर्दै उनले मन्त्रालयमा केही सुधार गरी आगामी चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेमा आफू केन्द्रित भएकाले उनको भनाइ छ । ‘मलाई नपुग्ने केही छैन, ६० वर्ष भएँ, श्रीमतीको जागिर छ, बच्चाले पढिसके, त्यसले मलाई कमाउनुपर्ने आवश्यकता छैन,’ उनले भने,‘कमाउने भनेको इज्जत होे, यो के कसरी सुधार गर्न सकिन्छ, त्यसमा म केन्द्रित भएको छु ।’

प्रहरी सरुवा–बढुवामा आफूलाई ‘इन्ट्रेगट नभएको उनको भनाइ थियो । प्रहरीमा कत्ति पनि हस्तक्षेप नगर्ने उनले बताएका छन् ।

सशस्त्र प्रहरीका कर्मचारीले न्यूनतम सुविधाविना नै देशको सीमा सुरक्षामा योगदान गर्दै आएको विषय आफूले बुझेको र त्यसलाई समाधान गरिने उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि