बैशाख ०६, २०८१, बिहीबार
               

मेलम्चीमा ५० जनाभन्दा बढी मानीस बेपत्ता, मन्त्री तामाङले गरे सहयोगको अपिल

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अविरल वर्षासँगै आएको बाढी–पहिरोमा परी कम्तीमा ५० जनाभन्दा भढी मानीस बेपत्ता भएका छन् । बस्ती, पूर्वाधार संरचना र खेतीयोग्य जमिनमा पनि निकै क्षति पुगेको बताइएको छ ।

यस घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले विभिन्न निकयहरुलाई सहयोगको अपिल गरेका छन् । मन्त्री तामाङ सिन्धुपाल्चोकबाटै निर्वाचित जनप्रतिनिधि हुन्‌ ।

​तामाङका अनुसार बाढीले मेलम्ची खानेपानीको बाँध बगाएको छ भने तिम्बु, बजार, तालामाराङ, मेलम्ची र याङ्री बजार क्षतविक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल र बाहुनेपाटी पूल पनि बगाएको छ ।

नदी किनाराका सम्पूर्ण संरचना बाढीले ध्वस्त बनाउँदा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको मन्त्री तामाङले जानकारी दिए । उनले राहत तथा उद्दारमा जुट्न पनि अनुरोध गर्दै प्रभावित क्षेत्रमा आजै पुग्ने बताएका छन्‌ ।

​मंगलबार बेलुकीतिर मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीले भौतिक र मानवीय क्षति निकै गराएको स्थानीयवासीले बताएका छन्‌ । नदी किनारका बासिन्दा थातथलो छाडेर ज्यान जोगाउन उच्च भूभागतिर गएका छन्‌ ।

मन्त्री तामाङले सहयोगको अपिल गर्दै भनेका छन्, ‘मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५०औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ ।

नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौँ । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु ।

अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथ दिन अपिल गर्दछु । मलाई सम्पर्क ९८५१०४०८२१ यो नम्बरमा गर्नुहोला । मेरो स्वकिय निर्मल बन्जाराको नम्बर ९८५११७५३१० हो स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसँग प्रत्यक्ष सम्पर्कमा रहनुहोला ।

आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।’ 


कस्तो लाग्यो ?

यो पनि