बैशाख ०७, २०८१, शुक्रबार
               

कर्णाली प्रदेशसभा : नीति तथा कार्यक्रम पारित नभई स्थगित

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

कर्णाली । प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो ।

आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलाई संंवैधानिक बाध्यता छ तर नीति तथा कार्यक्रममाथिको छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भएको छ ।

सांसदहरुले छलफलमाा भाग लिएलगत्तै सभामुख राजबहादुर शाहीले बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे । सभामुख शाहीले दलीय सहमति अनुसार बैठक स्थगन गरेको बताए ।

सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली अन्तरिम आदेश दिएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुवै सकसमा छन् ।

अदालतको पत्र अनुसार सभामुखले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि