चैत १६, २०८०, शुक्रबार
               

एमाले सुदूरपश्चिमद्वारा प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको दलको बैठकले तीन जनालाई सात, दुई जनालाई दस दिन र दुई जनालाई १५ का लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

ह्वीप उल्लंघन गरेको आरोपमा पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपालु चौधरी र ग्याल्बोसिंह बोहरालाई निलम्बन गरिएकाे हाे । 

उनीहरुमध्ये बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अन्य चार जनालाई ७ दिन निलम्बन गर्ने निर्णय गरिएको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् ।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो।

निलम्बनको निर्णयमा परेका सांसदहरुले भने दलको विधान नै वैधानिक नभएकाले त्यसको कुनै औचित्य नभएको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि