काठमाडौं । कोटेश्वर नेपाल निवासमा नेकपा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।
एक स्रोतका अनुसार कोटेश्वरस्थित नेता नेपालको निवासमा भइरहेको छलफलमा पछिल्लो परिस्थितिबारे कुराकानी भइरहेको बताइएको छ ।
सभापति देउवा छलफलका लागि महामन्त्री पूर्णबहादुर खड्काका साथ कोटेश्वर पुगेका हुन् ।