बैशाख ०४, २०८१, मंगलबार
               

एमाले उपाध्यक्ष गौतम र अर्थमन्त्री पौडेलबीच करिब चार घन्टा भेटवार्ता

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री नेता विष्णु पौडेलबीच लामो समय भेटवार्ता भएको छ। गौतम भेट्न गौतम निवास नै पुगेका पौडेल र उनीबीच करिब चार खण्टा कुराकानी भएको हो । भेटमा के कुरा भयो भन्ने यथार्थ भने खुलाइएको छैन । यद्यपि उपाध्यक्ष गौतम सचिवालयले भेटमा सामान्य कुराकानी भएको भनी बताएको छ । 

‘सामान्य कुराकानी भन्ने कुरा छ तर त्यसक्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक हो’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले भने । 

सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारवाहीका निर्णयलाई मान्यता नदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचनामा पार्टी बैठक बोलाउने कि के गर्ने भन्नेमा ओली पक्ष अलमलमा परेको छ । त्यसका लागि ओलीले आफु निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि