मंसिर ०७, २०८१, शुक्रबार
               

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनकाे स्वास्थ्यमा सामान्य समस्या भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । 

अस्पताल स्रोतका अनुसार सामान्य ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम देखिए पनि अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो ।

उनको स्वास्थ्य सामान्य भए पनि आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका झलनाथ खनालकाे सचिवालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि