मंसिर ०७, २०८१, शुक्रबार
               

संयुक्त वक्तव्य जारी गर्ने ५ पूर्वप्रधानमन्त्रीलाई मिश्रको सुझाव : विगत सम्झिनूस्

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पाँच पूर्वप्रधानमन्त्रीहरुलाई विगत सम्झिन आग्रह गरेका छन् । 

पूर्व ५ प्रधानमन्त्रीहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई कामचलाउ सरकारले दीर्घकालीन असर पर्ने खालका निर्णय नगर्न चेतावनी दिएको भोलिपल्ट मिश्रले शनिबार सामाजिक सञ्जालमार्फत् आफू सत्तामा रहँदा विदेशीसामू लम्पसार परेको आ–आफ्नो इतिहास सम्झिन चुनौती दिएका छन् ।

पाँच पूर्व प्रधानमन्त्रीहरूले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए । मिश्रले राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हस्तक्षेपको पीर पर्‍यो ? भन्दै टिप्पणी गरेका छन् ।

मिश्रले ट्वीट गर्दै अरूलाई खाने बाघले आफूलाई नि खान्छ भन्ने बुझिदिएको भए यो स्थिति नआउने बताएका छन् ।

मिश्रले लेखेका छन् , ‘यी ५ प्रमले विदेशीसामू लम्पसार परेको आ–आफ्नो इतिहास सम्झिऊन् । यिनले स्वाभिमान साथ काम गरिदिएको भए आज नेपालको शीर यति झुकेको हुने थिएन । राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हस्तक्षेपको पीर पर्‍यो ? अरुलाई खाने बाघले आफूलाई नि खान्छ भन्ने बुझिदिएको भए यो स्थिति आउने थिएन कि ?’


कस्तो लाग्यो ?

यो पनि