मंसिर ०७, २०८१, शुक्रबार
               

बागमती प्रदेश सांसद वैद्यविरुद्ध मुद्दा दर्ता

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता भएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर बागमती प्रदेशका नेपाली काँग्रेसका सांसद वैद्यविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपश्चात् उनी चौतर्फी आलोचित भएका थिए । उनकै दलले पनि आत्आलोचना गर्न भनेपछि उनले  शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागेका थिए । 

संविधान धारा १८७ को अधिनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रताको प्रयोग गरेकाले मुद्दा दर्ता हुन नसक्ने बताउँदै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि