बैशाख २७, २०८१, बिहीबार
               

प्रदेश १ सभामा संघीय सरकारको नीति संशोधन मागसहित प्रस्ताव दर्ता

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रदेश १ सभामा संघीय सरकारको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति कार्यान्वयनमा नगर्न माग गदै संशोधन प्रस्ताव दर्ता भएको छ ।

जनता समाजवादी पार्टीका सांसद जयराम यादवले संघीय सरकारले नयाँ बजेटमार्फत् ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति कार्यान्वयनमा नगर्न माग गदै संशोधन प्रस्ताव दर्ता गराएका हुन् । 

सांसद यादवद्वारा दर्ता सो संशोधन प्रस्तावमा ढुंगा, गिटी उत्खनन् र बिक्री गर्ने संघीय सरकारको योजनाले देशकै अन्न भण्डार मानिएको प्रदेश १ को चुरे क्षेत्रको चरम विनाश हुने, पानीको स्रोत सुक्ने, पर्यावरण र जैविक विविधताको नास हुने  उल्लेख छ । 

'प्रदेश १ लाई मरुभूमि हुनबाट जोगाउन  ढुंगा, गिटी निर्यात गर्न नदिइयोस,' उनले भनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि