मंसिर ०१, २०८१, शनिबार
               

गण्डकी प्रदेश मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । विपक्षी गठबन्धनको तर्फबाट बहुमत सांसदको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्रीमा नियुक्त गरियोस् भनी मुख्यमन्त्रीकामा गएको भोलिपल्ट पृथ्वी सुब्बाले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

गुरुङको दाबी सँगै गण्डकी प्रदेशलाई लिएर सामाजिक सञ्जालमा अब संघमा जस्तै समस्या दोहोरिने आकलन भइरहँदा मुख्यमन्त्री पोखरेले विपक्षी गठबन्धनको तर्फबाट दाबी गरेका पोखरेल नेपालीलाई चयन गरेकी छिन् ।  अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।


कस्तो लाग्यो ?

यो पनि