बैशाख ११, २०८१, मंगलबार
               

प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीय : एमाले

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न बागमती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ ।

पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा कांगेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताए ।

बैठकमा प्रदेशसभा सदस्य वैद्यले आफू प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । “उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानूनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि