बैशाख १४, २०८१, शुक्रबार
               

प्रदेशसभा सांसद मैनाचरीभन्दा विवेकशील हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिइरहेका छन् । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्रीले संघको विकृति प्रदेशमा पनि सरेको बताएका छन् ।

सो क्रममा आफूहरु सबै संघीयता रहेको बताउँदै उनले संघीयता भनेको राज्य शक्तिको बाँडफाड भएको उल्लेख गरी प्रदेशहरुले संवैधानिक कति अधिकार पाए भनी प्रश्न उठाएका छन् । वन मन्त्रालयको उदाहरण दिन एउटा काम गर्नका लागि तीन वर्षसम्म पर्खिनुपरेको भन्दै दुखेसो पनि पोखे । 

प्रदेश सरकारले गर्ने काममा संघले रोक्ने बताउँदै उनले भने, ‘कसैले प्रदेशका अधिकारका कुरा उठाउँछ उसैलाई  यहाँ कमजोर बनाइन्छ । प्रदेशमा भएका समस्याबारे प्रतिनिधिसभामा कहीँ आवाज उठाइएन ।’

बिहीबार प्रदेशसभामा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि विभिन्न दलका सांसदले मुख्यमन्त्री माथि प्रश्न उठाएका हुन् ।

सांसदहरुले धारणा राखेपछि आधा घण्टा स्थगित भएको बैठक सुरु बैठकमा मुख्यमन्त्री गुरुङले जवाफ दिने क्रममा प्रदेशसभा सांसद मैनाचरीभन्दा विवेकशील हुनुपर्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि