बैशाख १५, २०८१, शनिबार
               

सुदूरपश्चिम प्रदेश कमिटीले माधवपक्षीय १७ सांसदलाई सोध्यो स्पष्टीकरण

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

मंगलबार पाटीको निर्देशनविपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै बिहीबार  प्रदेश कमिटीले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणमा पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्न भनिएको छ । 

१० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको  र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशनविपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि