काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनप्रति दुख व्यक्त गरेका छन् । पौडेलले एक वक्तव्य जारी गर्दै दु:ख व्यक्त गरेका हुन् ।
पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मीठो बोलीवचन, मिजास र एकदमै सरल स्वाभावका धनी राजुले दमौलीमा रहि आध्यात्मिक जीवन र राजयोगको शिक्षा विस्तारबाट असल समाज निर्माणमा पुर्याउनुभएको योगदान सबैका लागि प्रेरणादायी बनी हाम्रो स्मरणमा सदैव रहनेछ।’
खड्काको बुधबार काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो ।