जेठ ०१, २०८१, मंगलबार
               

१४ ठाउँमा जग्गा जोडेका स्वास्थ्य मन्त्री तामाङको ८ तोला सुन घट्यो

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरण अनुसार यसअघि कानुनमन्त्री हुँदाताका भन्दा सुन घटेको छ भने जग्गा बढेको देखिएको छ । 

मन्त्री तामाङ र उनका श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा जमिन छन् । कानुन मन्त्री हुँदा तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सम्पत्ति विवरण सार्वजनिक पहिलो मन्त्री थिए ।

अहिले पछिल्लो पटक पुर्नगठित मन्त्रीपरिषद्मा सम्पत्ति विवरण सार्वजनिक गर्ने उनी पहिलो मन्त्री हुन् । कानुन मन्त्री तामाङसँग ३० तोला सुन, ७० लाख ऋण चार जिल्लामा जग्गा रहेको देखिएको छ । उनले कानुनमन्त्री हुँदा काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उषाकला राईको नाममा मोरङमा भएका जग्गाहरूको विवरण सार्वजनिक गरेका थिए । यस पटक भने मन्त्री तामाङको सम्पत्ति विवरणमा २२ तोला सुन मात्र भएको उल्लेख गरिएको छ।

कानुनमन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा ७० लाख रुपैयाँ ऋण रहेको उल्लेख थियो । यस पटक ऋण ३५ लाख मात्र भएको उल्लेख छ । कृषि विकास बैङ्कमा १६ लाख रुपैयाँ ऋण रहेको र अन्यमा १९ लाख ऋण भएको उनले उल्लेख गरेका छन् ।

यस्तै, कानुन मन्त्री हुँदा तामाङले विभिन्न कम्पनीका १५ लाख रुपैयाँको शेयर रहेको जनाएका थिए अहिले भने शेयर बढेर २० लाख रुपैयाँ पुगेको छ । 

यसै गरी तामाङको नाममा एउटा मोटरसाइकल र उषाकला राईको नाममा एउटा कार रहेको उल्लेख छ । यसै गरी, मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको खुलाएका छन् ।

स्वास्थ्य मन्त्री तामाङको सम्पत्ति विवरण


कस्तो लाग्यो ?

यो पनि