बैशाख ०६, २०८१, बिहीबार
               

शितल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटवार्ता गरेका छन् । बुधबार राति भएको उक्त भेटमा करिव साढे दुई घण्टा प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।

साढे सात बजेशीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली करिब १० बजे बाहिरिएको बताइएको छ । बुधबार नै सर्वोच्च अदालतले लिखित आदेश माग गरेसँगै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

प्रतिनिधिसभा विघटन गर्नुको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ । अदालतलाई दिने जवाफ लगायतका विषयमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच छलफल भएको स्रोतको भनाइ छ । 

यो पनि