बैशाख १९, २०८१, बुधबार
               

प्रदेश २ मा काँग्रेस सरकारमा जाँदा तीन मन्त्रालय

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री एवम् जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता लालबाबु राउतसँग दुई बुँदे सहमतिपछि काँग्रेस सरकारमा सहभागी हुने भएकाे हाे ।

काँग्रेसका तीन जना प्रदेश सभा सदस्यले आजै साँझ मन्त्री पदको शपथ लिने तय भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानकुमार यादबका अनुसार सहमतिको पहिलो बुँदामा प्रादेशिक अधिकार संरक्षण गर्न दुबै दल प्रतिबद्ध रहँदै सरकारमा सहभागी हुने उल्लेख छ । दोस्रो बुँदामा प्रादेशिक आवश्यकता र विज्ञको सुझाबमा मन्त्रालयको संख्या थपघट गर्न सकिने उल्लेख छ । 

सहमति बमोजिम नेपाली काँग्रेसले तीन वटा मन्त्रालय पाउने भएको छ । काँग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादब भौतिक पूर्बाधार तथा योजना मन्त्रालय, ओम प्रकाश शर्माले ऊर्जा तथा खानेपानी मन्त्रालय र बिरेन्द्र सिंहलाई महिला, बालबालिका मन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि