मंसिर ०१, २०८१, शनिबार
               

नेपाल–खनाल पक्षलाई बाँस्कोटाको कटाक्ष

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल–खनाल पक्षलाई पार्टीबाट छुट्टिएर जान कटाक्ष गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको आह्वानमा नेपाल-खनाल समूहको जवाफपछि उनले सामाजिक सञ्जालमार्फत् सो कटाक्ष गरेका हुन् । उनले नेपाल-खनाल समूहलाई ‘खरानी समूह’ भन्दै पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई समेत दिएका छन् ।

बाँस्कोटाले माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उनीहरूको छलाङकारी यात्रामा आजबाट उप्रान्त कसैले अवरोध नगरोस् भन्दै शुभकामनासमेत दिएका छन् ।

व्यंग्यात्मक शैलीमा नेता बाँस्कोटाले भनेका छन्, ‘विधि, पद्दति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई। माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्,अग्रिम शुभकामना !’


कस्तो लाग्यो ?

यो पनि