बैशाख २६, २०८१, बुधबार
               

प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध भएको छ। मंगलबार विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनोट गरेको भन्दै विरो गरेपछि सो बैठक अवरुद्व भएको हो । 

बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद सुन्दरबहादुर विकले सांसदको सिफारिस र परामर्शमा सशर्त अनुदान स्थानीय तहमा पठाउनुपर्नेमा मनोमानी तरिकाले पठाइएको भनी असन्तुष्टि जनाएका थिए । 

प्रदेश २ मा माओवादी र कांग्रेस पनि सरकारमा जाने तयारी भए पनि मंगलबार सो बैठक अवरुद्ध गरेका हुन् ।

बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले आग्रह गरे पनि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने बताए । विपक्षी दल नमानेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

 कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बताए । नेकपा माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि यसलाई सच्याउनुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि