जेठ ०६, २०८१, आइतबार
               

कार्यतालिका परिमार्जन गरी महाधिवेशन गराउन देउवालाई युवा नेताको सुझाव

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई युवा नेताहरुले १४औँ महाधिवेशनबारे उपाय खोज्न सुझाव दिएका छन् ।

मंगलबार केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियारलगायतका नेता सभापति देउवानिवास बुढानीलकण्ठ गई सो सुझाव दिएका हुन् । 

यसका अलावा उनीहरुले क्रियाशील सदस्यता छानबिन समितिलाई सक्रिय बनाउन र पार्टीको बैठक राखेर कार्यतालिकामा आवश्यक परिमार्जन गर्न आग्रह गरी भदौमा निर्धारित महाधिवेशन गर्न सुझाव दिएका छन् । 

सो क्रममा नेताहरुले प्रदेश र केन्द्रको अधिवेशनको अवधि घटाएर नयाँ कार्यतालिका बनाउन आग्रह गरेका छन् । उनीहरुले वडा तहको अधिवेशन पनि एकैठाउँमा नगरी छरेर गर्ने तथा केन्द्रीय अधिवेशनको मतदान जिल्लामै गर्न सकिने उपाय पनि देउवालाई सुझाए । 

कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको डेटा सिस्टममा इन्ट्री गर्न दिएको अन्तिम म्याद मंगलबार मध्यराति १२ बजे सकिंदै छ ।

असार २० बाट वडा अधिवेशन, साउन ६ बाट प्रदेश अधिवेशन र केन्द्रीय महाअधिवेशन भदौ ७–१० का गर्नुपर्ने तालिका यसअघिको कांग्रेसको कार्यतालिका थियो । 

जवाफमा सभापति देउवाले महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै पदाधिकारी बैठक राखेर आवश्यक निर्णय गर्ने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि